एनसीसी बैंकको ५० प्रतिशत हकप्रद बिक्री अाजदेखि खुल्यो

काठमाडौं : एनसीसी बैंकले आफ्ना शेयरधनीहरूलार्इ अाज (सोमबार) देखि ५० प्रतिशत हकप्रद शेयर बेच्न शुरू गरेको छ । शेयरधनीले आफुसँग रहेको जम्मा शेयरसंख्याको आधा हुन आउने कित्ता बराबरको संख्यामा एनसीसीको हकप्रद भर्न पाउनेछन् । 

अाजदेखि गतेदेखि असोज १४ गतेसम्म एनसीसीका शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् । तर, साउन १४ गतेसम्म बैंकको शेयरधनी बनेकाले मात्र हकप्रद भर्न सक्ने बिक्री प्रबन्धक सनरार्इज क्यापिटलले जनाएको छ । 

बैंकले २:१ अनुपातबराबरको २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर बेच्न लागेको हो । सी-आश्वामा सहभागी सवै बैंक तथा वित्तीय संस्था, एनसीसी बैंकका सबै शाखा र बिक्री प्रबन्धक सनरार्इज क्यापिटलको कार्यालय कमलपोखरीबाट हकप्रद भर्न सकिनेछ । 

हकप्रद बेचेपछि प्राप्त रकमलार्इ बैंकले शाखा विस्तार र तरलता व्यवस्थापनमा खर्च गर्ने जनाएको छ । अहिले एनसीसीको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २ सय रूपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यो बैंकको चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३ सय रूपैयाँ पुग्नेछ । 

प्रतिशेयर आम्दानी २६ रूपैयाँ ५१ पैसा रहेको एनसीसीले गत आर्थिक बर्षभित्र १ अर्ब २४ करोड ९ लाख ९ हजार रूपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमाा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?