अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाको चौथो भ्रमण गर्ने

एजेन्सी :अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोल बोल्टनले  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको भ्रमण गर्ने बताएका छन् ।

उत्तर कोरियामा अमेरिकाले कुटनीतिक कार्यालय पुन शुरू गरेयता विदेशमन्त्री पोम्पेओको यो चौथो भ्रमण हुनेछ ।

भ्रमणको क्रममा पोम्पेओले उत्तर कोरियाली नेता किम जोंग उनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणलाई अमेरिकाले उच्चतम प्राथमिकतामा रोखको बताउँदै बोल्टनले भने “ उत्तर कोरियाले यसका लागि गम्भीरता प्रदर्शन गर्नु महत्वपूर्ण हुन्छ ।”

यसअघि पोम्पेओले अप्रिल, मे र जुलाईमा उत्तर कोरियाको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?