जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपाली खेलाडी निमा घर्ती मगरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
उनले सोमवार भएको खेलमा उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
उनले ९.१७ अंकका साथ नयाँ कीर्तिमान बनाएकी हुन । जारी ‘एशियाड’ मा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो।
दक्षिण एशीयाली खेलकुद ‘साग’की स्वर्ण पदक विजेता निमाले आइतवार नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन्। तर, सोमवार भने उनी १२ खेलाडी सहभागी मध्ये ११ औँ स्थानमा रहिन्। यसै स्पर्धामा चीनकी लु ताङले स्वर्ण पदक हात पारिन् । यता, उज्विकस्तानकी लुतिशेभाले रजत पदक जितिन्। हङकङकी युन का यीङले कास्य पदक हात पारिन् ।
त्यस्तै, ओलम्पियन खेलाडी गौरीका सिंह महिला एक सय मिटर फ्रिस्टालको हिट चरणबाट नै बाहिरीएकी छिन्। दोस्रो हिटमा रहेकी गौरिकाले निर्धारीत दुरी १ मिनेट ८२ सेकेण्डमा पुरा गर्दै छैटौँ स्थानमा रहिन् ।
यहि स्पर्धामा नेपालकी टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरिन् । उनले निर्धारित दुरी १ मिनेट ३.९६ सेकेण्डमा पुरा गरिन्।
यता, तेक्वान्दोको पुरुष ५८ केजी मुनि तौल समुहमा नेपालका सागर गुबाजु प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
उनले पहिलो चरणको खेलमा भुटानका तेन्जिन दोर्जीलाई पराजित गरे । सागरले सोमवार नै क्वाटरफाइनल प्रवेशका लागि भियतनामका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछ ।
महिला ५३ केजी मुनिमा नेपाली खेलाडी निमा गुरुङ लेवनानकी लेटिटिया आउनसँग पराजित भइन् ।
६७ केजी मुनिको भिडन्तमा संगीता बस्याल फिलिपिन्सकी खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया