माइतीघर मण्डला र सडकमा नग्न प्रदर्शन गर्नु असोभनीय : कानूनमन्त्री ढकाल

काठमाडौं । कानूनमन्त्री भानुभक्त ढकालले राष्ट्रियसभामा पेश गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथि छलफल भएको छ । 

सोमबार राष्ट्रियसभा बैठकमा जारी छलफलका क्रममा मन्त्री ढकालले माइतीघर मण्डला र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नहुने बताएका हुन् । 

त्यस्तै राष्ट्रिय सभाका अर्का सदस्य रामनारायण बिंडारीले नेपाली समाजमा बिकृती बढ्दै गइरहेको र संसारमा भएका बिकृतिहरु माइतीघर मण्डलामा र सडकमा देखाउन थालिएकोमा आपती व्यक्त गरे । हाम्रा देशमा राम्रा–राम्रा कुराहरु पनि भित्रिसकेका छन् र अपराध पीडितलाई संरक्षण गर्ने कानून पनि आएको बिडारीले बताए । 

बीच सडकमा नाङ्गै प्रदर्शन गर्नेहरु नेपाली नभएको र नेपाल विरोधी रहको उनले बताए ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा विधेयक सर्वसम्मत स्वीकृत भएको छ ।

विधेयक स्वीकृत भएको ७२ घण्टाभित्र राष्ट्रियसभा सदस्यहरुले उक्त विधेयकमाथी संशोधन दर्ता गर्न पाउने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?