शैक्षिक सत्र सुरू भएको एक महिनापछि बल्ल मुगुमा पुगे पाठ्यपुस्तक, तर अझै अपूराे

लोकपथ
91
Shares

मुगु । हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो । यद्यपि, अझै सबै कक्षाको पुस्तक आएको छैन ।

शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेको जनाएको छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएको छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आईपुग्नेछन् । भामका अनुसार गत वर्षको तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियो । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?