टेबल टेनिस खेलाडीसहितको टोली इन्डोनेशिया प्रस्थान

काठमाडौं । इन्डोनेशियामा जारी १८ औं ‘एशियाड’ मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्कमल दाहाल ‘‘प्रचण्ड’ले बिदाई गरेका छन् । 

टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए । 

आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउँदै उनले भने, ‘राम्रो खेल प्रदर्शन गर्नु, मेरो तर्फबाट जीतको शुभकामना छ।’ सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको समेत बताए । 

टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेट पश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए । अध्यक्ष दाहालले आफू पनि टेबुलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको म्यानेजर शाहीले बताए । 

सो खेलमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल प्रशिक्षकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुँदैछन् । शनिबारदेखि शुरु भएको एशियाली खेलकूदमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?