जाकार्ता । १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपाली पुरुष ब्याडमिन्टन टोली पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबार दिउँसो भएको क्वाटरफाइनल खेलमा नेपाली टिम चाइनिज ताइपेईसँग ३-० को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपालको पुरुष टिम इभेन्टमा दिपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ र नवीन श्रेष्ठ थिए। यस अघि नै महिला टिम भने पहिलो चरणबाटै बाहिरिएको थियो ।
यहि बिहीवारबाट ब्याड्मिन्टनको सिंगल्सतर्फको खेल शुरु हुनेछ।
तस्वीर: लोकेन्द्र बस्नेत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया