काठमाडौं । कालिका पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ तिन गते कालिका पावरलाई सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कालिकाले अब प्रतिकित्ता १०० रुपैयाँका दरले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ निष्काशन गर्नेछ । यसले आफ्नो पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यसको बिक्रि प्रबन्धक काठमाडौ क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।
चालु आर्थिक वर्षमा कालिका पावर कम्पनी आइपिओ निष्काशन गर्न अनुमति पाउने पहिलो बनेको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्ष लागे यता कालिका पवर कम्पनीलाई अनुमति दिएको छ ।
इक्रा रेटिङले यस कम्पनीलाई ग्रेड ४ दिएको छ । यो भनेको यसको सेयरको लगानी औसत हो । यस अघि कम्पनीले आयोजना प्रभावितका लागि प्राथकि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको जारी पुँजी ८५ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया