गायिका इन्दिरा जोशीले प्रेमी शरद् केडियासँग भोलि लगनगाँठो कस्ने

लोकपथ
105
Shares

काठमाडाैं । गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद् केडियासँग मंगलबार लगनगाँठाे कस्ने भएकी छिन् । एक वर्षअघि नै इन्गेजमेन्ट गरेका उनीहरुको विवाह जेठ ३१ गते हुने भएकाे हो ।

आइतबार सामाजिक सञ्जालमा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।

आइतबार नै उनको हल्दी कार्यक्रम आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको र त्यो एकदमै राम्रो भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् ।

 

उनले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘मेरो बगैँचामा हल्दी कार्यक्रम आयोजना भयो । हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ, धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछु । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’

केही समयअघि उनले सार्वजनिक गरेको हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर निकै चर्चामा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?