आफूलाई फिट राख्न दिशा पटानीले दैनिक गर्छिन् यी कसरत

लोकपथ
98
Shares

काठमाडौं । दिशा पटानीले आज आफ्नो ३० औं जन्मदिन मनाइरहेकी छिन् । १३ जुन १९९२ मा उत्तर प्रदेशको बरेलीमा जन्मेकी दिशाले ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन् । दिशा फिल्मभन्दा पनि आफ्नो लुक्स र फिटनेसका कारण चर्चामा रहन्छिन् ।

दिशा पटानी

उनी प्रायः आफ्नो कसरतका भिडियोहरू सोशल मिडियामा पोस्ट गर्छिन्, जुन भाइरल हुन्छ। त्यसैगरी, उनी आफूलाई फिट राख्न घण्टौंसम्म जिममा पसिना बगाउँछिन् । आज उनको जन्मदिनको अवसरमा हामी तपाईलाई उनको फिटनेसको रहस्य बताउन गइरहेका छौँ ।

दिशा पटानी

फिटनेसको राज :

दिशा आफ्नो फिटनेस रुटिनलाई विभिन्न किसिमको कसरतसँग मिलाउन मन पराउँछिन् ताकि यो उनलाई बोरिङ नहोस्। दिशा एक ट्रेन्ड जिमनास्ट पनि हुन् । दिशा फिट रहन र जिम जान यति धेरै मन पराउँछिन् कि उनी प्रायः दिनमा दुई पटक जिम जाने गर्छिन्। उनी हरेक दिन कसरत गर्छिन् र उनको दिनचर्यामा सामान्यतया बिहान कार्डियोबाट सुरु हुन्छ, जस्तै नृत्य, किक बक्सिङ वा जिम्न्यास्टिक गर्न उनी मन पराउछिन् । यसबाहेक उनी बिहान पौडी खेल्न वा योग गर्न पनि रुचाउँछिन् ।

दिशा पटानी

किक बक्सिङ :

दिशा पटानीले प्रायः आफ्नो किक बक्सिङ भिडियो इन्स्टाग्राममा सेयर गर्छिन् । किक बक्सिङले क्यालोरी बर्न गर्नका साथै मुटुलाई स्वस्थ राख्न निकै मद्दत गर्छ। यसका साथै यसले शरीरलाई लचिलो बनाउन पनि मद्दत गर्छ ।

दिशा पटानी

सुपर कार्डियो :

दिशा दैनिक कार्डियो गर्छिन्। कार्डियोले दौड र साइकल चलाउने जस्ता कसरतहरू समावेश गर्दछ। यसले शरीरमा रक्तसञ्चार बढाएर छालाको लागि राम्रो काम गर्न सक्छ। कुनै पनि व्यायाम गर्नु अघि कार्डियो गर्नु राम्रो मानिन्छ ।

जिमनास्टिक्स : 

दिशा एक ट्रेन्ड जिमनास्ट हुन्, यसबाहेक उनी एक्रोबेट पनि गर्छिन् । दिशाको इन्स्टाग्राम अकाउन्ट हेर्दा उनको जिम्न्यास्टिक र एक्रोब्याट गरेको धेरै भिडियोहरू भेटिन्छन्। दिशाले आफ्नो फिटनेसको धेरै ख्याल गरेर आफूलाई मेन्टेन गरिरहेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?