काठमाडौं । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर गठीधन्दा चलाउने गिरोह सक्रिय भएको पाइएको छ । नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो ।
फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ ।
बैंकको नाममा फेसबुकबाट भेरिफाइ भएको पेसबुक पेज मात्रै रहेको र त्यसबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया