किन दुःखी छन् ‘चंगा चेट’ का निर्माता माधव वाग्ले?

काठमाडौं । फिल्म निर्माता माधव वाग्लेले मिडियामा आएका विभिन्न समाचारका कारण आफूलाई दुःख लागेको बताएका छन् । गत जेठमा नक्कली नोट प्रकरणमा मुछिएर वाग्लेले पक्राउ परेपछि मिडिया विभिन्न समाचार आएका थिए ।

तर, ‘यो क्षेत्रमा लामो समयदेखि काम गरिरहेको छु, म कस्तो मान्छे भन्ने सबैलाई थाहा छ, मसँग प्रमाण छन् कि, यसअघि पनि अरु फिल्ममा प्रप्सका रुपमा नक्कली नोट प्रयोग हुने गर्छन्’, अझ मैले चलचित्र विकास बोर्डसँग स्वीकृति नक्कली नोट छपाएको थिएँ’, वाग्लेले भने, ‘तर, केही समाचार फिल्मका लागि पैसा छापेको भन्दा पनि नक्कली नोटको कारोबारमा लागेझैैँ गरेर केही मिडियामा समाचार आए ।’

साथै उनले यस्ता समाचारले आफूलाई दुःखी बनाएको पनि बताए ।

सोमवार काठमाडौंमा आयोजित चलचित्र ‘चंगा चेट’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले आफ्नो चलचित्र ‘चंगा चेट’ मा पनि यस्तै कथा भएको बताए । ‘फिल्ममा पनि यस्तै कथा छ, कसरी एउटा सानो कथाले पनि जीवन चैट बनाउन सक्छ भन्ने कथा उठाएको छ, फिल्म राम्रो बनेको छ ।’, उनले अगाडि थपे ।

माधव वाग्ले पक्राउ परेपछि भदौमा रिलिज हुने भनिएको चलचित्रको रिलिज मिति नै सरेको छ । अहिले पनि वाग्लेको २ करोडभन्दा बढी नक्कली नोट पक्राउ गरिएको भन्दै उनीमाथि मुद्दा चलेको छ ।वाग्ले भने धरौटीमा छुटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?