‘मालिका’ को सर सर गीत रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘मालिका’ को सर सर बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका आस्था राउतले स्वर दिएकी छिन् ।

रक शैलीको उक्त गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा रेखा थापा र डेब्यु बालकलाकार कमला ओलीले अभिनय गरेका छन् ।

रेखा थापाले निर्देशन गरेको यो फिल्मलाई सरस्वती थापाले निर्माण गरेकी हुन् भने नर कार्कीको पनि लगानी रहेको छ ।

वनिष शाहले सम्पादन गर्ने फिल्ममा कथा र कन्सेप्ट रेखा थापा र नर कार्कीको रहेको छ । त्यस्तै फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।

चलचित्र यस वर्षको लक्ष्मीपूजाको अवसर पारेर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?