सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
21
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८२ अंकले घटेर २०३२ दशमलव ३४ बिन्दुमा पुगेको छ ।

यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव ३० अंकले घटेर ३८९ दशमलव ९५ बिन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर कारोबार मापक ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै सूचक राताम्य बनेको छ । सोमबार बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?