काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बाग्मती प्रदेशस्तरीय विजनेस बिल्डिङ सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब तीन सयभन्दा बढी अभिकर्ताहरु माझ सम्पन्न गरेको छ । बागमती प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेका थिए।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङको आतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अंगको रुपमा मानिने बागमति प्रदेशका अभिकर्ताहरुको उत्साह जनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडिआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमतीन प्रदेशअन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बीमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी तीन जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।
लक्की ड्र मा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी” अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पुर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ सम्बन्धि तलिमहरु दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपुर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया