काठमाडौं । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्याग लाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको छ, जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ ।
कोका–कोलाले यो क्याम्पेन भरी कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धि सम्पूर्ण जानकारीहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा हेर्न पाइने छ ।
बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल, ५०० एमएल, १ लिटर, १.५लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया