जी–बब र परिवारबीच तीन बुँदे सहमति : अब कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बाबुसँग सहमति लिनुपर्ने

लोकपथ
700
Shares

काठमाडाैं । र्‍यापर जी–बबको विषयमा केही दिनयता चलेको विवादका सन्दर्भमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच सहमति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद समाधान गरेका हुन् ।

सहमतिअनुसार जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपालको सुधार गृहमा रहेका अन्य व्यक्तिसरह नै राखिने भनिएको छ ।

यस्तै केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने सहमति भएको छ भने कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?