एजेन्सी : तीन पटक एक अर्काका विरूद्ध युद्ध लडिसकेका दक्षिण एसियाका दुई परमाणु शक्ति सम्पन्न देश भारत र पाकिस्तानबीचको वार्ताको विषयमा महत्व व्यक्त गर्दै पाकिस्तानका नयाँ विदेश मन्त्रीले भारतसँग निरन्तर संवादको चाहना व्यक्त गरेका छन् ।
दोस्रो पटक विदेशमन्त्रीको सपथ लिएका शाह महमूद कुरेसीले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भने “ हामी मात्रै दुई छिमेकी होइनौं हामी दुई परमाणु शक्ति सम्पन्न देश हौं ।”
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले पनि आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्तामा भारतसँग सम्बन्ध सुधार गर्न चाहेको बताएका थिए ।
कुरेसीले भने “हामीसँग लामो समयदेखि थाँती रहेका समस्य छन् , हामीसँगको यसको समाधान संवाद बाहेक अरू केही छैन ।”
सन् १९४७मा बेलायती उपनिवेशबाट छुट्टिएर भारत पाकिस्तान बनेयता यी दुई देशबीच काश्मिरको विषयमा भएका तीन मध्ये दुईटा युद्ध भएका छन् ।
कुरेसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री खानलाई बधाई पत्र पठाएर वार्ता शुरू गर्न सन्देश दिएको बताए ।
भारतको विदेश मन्त्रालयलले यो पत्रबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन तर भारतको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डियाले यो पत्रबारे जानकारी दिएको छ ।
यसअघि कुरेसीले सन् २००८ देखि २०११सम्म पाकिस्तानका विदेश मन्त्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया