‘केबल अार्क ब्रिज’ निर्माणमा ठेकेदार र सरकारको मिलेमतो

काठमाडाैं : संघीय राजधानी काठमाडाैंको धोबीखोला र बाग्मति नदीमाथि बनिसक्नुपर्ने 'केबल अार्क ब्रिज' निर्माणमा सरकार ठेकेदारको मिलेमतो देखिएको छ ।

बाग्मती नदीमाथि पुल बनाउने काम पप्पु कन्स्ट्रक्सनलार्इ दिर्इएको छ । पप्पु कन्स्ट्रक्सन ठेक्कापट्टाको क्षेत्रमा निकै बदनामी कमाएको निर्माण कम्पनी हो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबर्इ नदीको पूल नियमित सञ्चालनमा नअाउँदै भाँचिएको थियो । 

बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मति नदीमाथिको पूल निर्माण गत पुषमै सम्पन्न भर्इसक्नुपर्ने थियो । २०७१ साल पुसदेखि निर्माण शुरू गर्नेगरि ठेक्का लगार्इएका यी ४ वटा पूल निर्माणमा ढिलार्इ गर्ने निर्माण कम्पनीलार्इ सरकारले कारबाही गर्न र्इच्छा देखाएको छैन भने पूलले चर्चिने क्षेत्रको विवादित जग्गा व्यवस्थापन नगरेर सरकारले ठेकेदारलार्इ काममा ढिलार्इ गर्ने वहाना मिलार्इदिएको छ। 

बिजुलीबजारस्थित धोबीखोलामाथिको पूल निर्माणको ठेक्का जर्इ कन्स्ट्रक्सनलार्इ दिर्इएको छ । यस्तै, बाग्मती नदीमाथि पुल बनाउने काम पप्पु कन्स्ट्रक्सनलार्इ दिर्इएको छ । पप्पु कन्स्ट्रक्सन ठेक्कापट्टाको क्षेत्रमा निकै बदनामी कमाएको निर्माण कम्पनी हो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबर्इ नदीको पूल नियमित सञ्चालनमा नअाउँदै भाँचिएको थियो । 

२०७४ पुसमै निर्माण सक्ने भनिएको यी पूल हालसम्म पनि सम्पन्न नहुनुको कारण नेपालमा यस्तो पूल बनाउने प्रविधी र जनशक्ति नभएको  काठमाडाैं उपत्यका सडक विस्तार अायोजनाले तर्क गर्दै अाएको छ । तर, नेपालका अधिकांश र्इञ्जिनियरिङ कलेजले नै सिभिल र्इन्जिनियरिङअन्तर्गत यो विषय पढाउने गरेका छन् । 

अहिलेसम्म बिजुलीबजारमा बनाउनुपर्ने २ वटा मध्ये एउटा पूलको काम करिब ५० प्रतिशत सकिएको छ भने बाग्मति नदीमाथि केबल अार्क ब्रिज बनाउने काम थालिएकै छैन ।

पर्यटकीय अाकर्षण कायम गर्नेगरि अहिले साविकको पूलको दुवैतर्फ दुर्इ/दुर्इ लेनको 'अार्क ब्रिज' निर्माण गर्ने सरकारको योजना छ ।

नेटवर्क अार्क प्रविधिबाट निर्माण भर्इरहेको यो पूल नेपालकै पहिलो रहेको सरकारले दाबी गरेको छ । काठमाडाैं उपत्यका सडक विस्तार अायोजनाअन्तर्गत यो पूल निर्माणाधीन छ । 

सरकारले मार्इतीघर मण्डलादेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकलार्इ ८ लेनमा फराकिलो हुनेगरी विस्तार गरिसकेको छ । तर, यो सडकखण्डमा पर्ने नदीमाथीका पूल भने हालसम्म ४ लेन फराकिला मात्र छन् । 

बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमााथिको पुल ४ लेनको मात्रै छ । साविकको पूलको दायाँबायाँ २/२ लेन फराकिला दुर्इ वटा पूल थप्नेगरि अहिले केवक अार्क ब्रिज निर्माणाधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?