काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली पक्राउ परेकी छिन् ।
अर्काको घरमा जबरजस्ती पसेर महिला र बच्चामाथि कुटपिट गरेको आरोपमा प्रहरीले मन्त्री वलीलाई पक्राउ गरेको हो ।
मंगलबार बिहान ८ बजेको समयमा दाङको तुलसीपुर उपमहानगर(५ सब्जीमण्डी बजार नजिकै एक घरमा पसेर महिलालाई कुटपिट गरेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।
यसअघि सोही क्षेत्रका एकराज बस्नेतसँगको विवादास्पद तस्बिर सार्वजनिक भएको थियो । त्यसबेला उनले उक्त तस्बिर फोटोसपबाट बनाइएको भन्दै स्पष्टीकरण दिएकी थिइन् । बस्नेतसँग उनको सम्बन्ध रहेको बताइरँदा उनले आज बस्नेतकै घरमा गइ उनको श्रीमती र छोरीलाई हातपात गरेकी हुन् ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत निर्वाचनमा उनका पति उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएसँगै उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर नेकपा विभाजन हुँदा माओवादीतिर लागेकी उनलाई राज्यमन्त्री बनाइएको थियो । एमालेले कारबाही गरेको र उनको मुद्दा अझै सर्वोच्चमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया