‘अलाइभ एसिया नेपाल ‘ को अध्ययन, बिरामीहरुको अधिक तौल

काठमाडौं । अलाइभ एसिया नेपालले  श्रावण महिनाको तीन सोमवार निःशूल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । 
प्रसिद्ध धारर्मीक स्थल पशुपतिनाथ मन्दिर परिसरभित्र  स्वास्थ्य शिविर संञ्चाल गरिएको थियो । स्वास्थ्य शिविर तीन सय ३३ जना बिरामीहरुलाई रक्तचाप, पल्स, बि.एम.आई र साधारण स्वास्थ्य परिक्षण गरेका हो । 
साथै बिरामीहरुलाई ग्यासट्राइटिस्, कबजियत, डिहाईड्रेसन, झाडापखाला, हैँजा आदि जस्ता ज्यानै लिने रोगहरुको बारेमा वरिष्ट डाक्टरहरु ९मनिस श्रेष्ठ, नितु रानी स्वर्णकार, विशाल ठाकुर० ले  परामर्श समेत दिएका छन् । 

अलाइभ एसिया नेपालका अध्यक्ष ऋषि साहको भनाई अनुसार ४.८० ५ (प्रतिशत) बिरामीहरु कम तौल, २१.६२ ५ (प्रतिशत) मध्यम तौल र ७३.५८ ५ (प्रतिशत) बिरामीहरु अधिक तौल भएको पाइएको थियो । बिरामीहरुमा ५०.१५ ५ (प्रतिशत) पुरुष र ४९.८५ ५ (प्रतिशत) महिला रहेका थिए । 

विशेष गरि वर्त बसेका महिलामा रक्तचाप कम भएकोले रिङ्गटा लाग्ने, टाउँको दुख्ने, पेटमा ग्यास बन्ने जस्ता समस्याहरु बढी देखा परेको थियो ।

कतिपय बिरामीहरुमा शल्यक्रियानै गनुपर्ने रहेको थियो ।  तर जाच गराउने पैसा अभाव भएकाले रोगलाई पालेरै बसेका थिए ।  त्यसता केहि बिरामीहरुलाई उपचार अलाइभएसिया नेपालले गर्ने भएको छ ।    प्रहरी जवानहरुको शारिरिक स्वास्थ्य राम्रो  रहेको चिकित्सकले बताए । 

अलाइभ एसिया नेपाल गैर सरकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणमा समाज सेवा गर्दै आएको छ ।  स्वास्थ्य क्षेत्रमा पनि योगदान दिने सोच रहेको अलाइभएसिया नेपालका सचिव कुन्दन कुमार सागरले बताए । 

 अलाइभएसिया नेपाल द्वारा सञ्चालित निःशूल्क स्वास्थ्य शिविरमा पशुपति विकाष कोष, दिर्घायू गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, नव अमर कान्तेश्वर कल्ब, सृजनशिल यूवा कल्ब, लायन्स एण्ड लियो कल्ब एवम् अलाइभएसिया नेपालका सदस्यहरुको सहभागिता रहेको थियो । 
सहयोग गर्ने हातहरुलाई  अलाइभएसिया नेपाल परिवारले कृतज्ञता व्यक्त गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?