१८ औँ ‘एशियाड’: पौडीमा शिरीष गुरुङ हिट चरणबाटै आउट

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत  पौडीमा शिरीष गुरुङ हिट चरणबाटै बाहिरिएका छन् । 

पुरुष ५० मिटर फ्रिस्टाइलमा गुरुङ हिट चरणबाट बाहिरिएका हुन् । शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न असफल भए। उनले २६.३३ सेकेन्डमा हिट चरण पूरा गरे । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहेका थिए । 

यो स्पर्धामा शिरीषको नाममा २५.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?