जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपालकी ज्ञानी चुनारा क्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।
मंगलवार भएको महिला ५७ केजी मुनीको तौल समूहको खेलमा ज्ञानी फिलिपिन्सकी पौलिन लोपेजसंग २०–० अंकले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । उनले प्रि-क्वाटरफाइनल खेलमा भुटानकी छोदेन किनझांगलाई २८–६ अंकले पराजित गरेकी थिइन् ।
त्यस्तै, मगंलवार नै भएको अर्को खेलमा निशा रावल प्रि-क्वाटरफाइनलबाटै आउट भइन् ।
नेपालको लागि ‘एशियाड’मा सर्वाधिक पदक भित्राएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरीदा निशा रावल पनि शुरुवाती चरणबाटै बाहिरिएकी हुन् ।
६७ केजी माथिको तौल समुहको खेलमा निशा चीनकी गाओ पानसँग २२–६ को भारी स्कोरले पराजित भइन् । पहिलो राउन्डमा ३-१ ले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडी परिन ।
तेस्रो तथा अन्तिम राउन्डमा उनले कमब्याक गर्न सकिनन् र खेल चीनकी खेलाडी २२–६ अंकले विजयी भइन ।
यता, पुरुष ८० केजीमाथिको तौल समूहको राउण्ड अप १६ को खेलमा नेपालका अनोज पुजारी काजाकिस्तानका रुस्लान जापारोभसँग २१ ० ले पराजित हुँदै बाहिरिए ।
मंगलवार प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडीको ‘एशियाड’ यात्रा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया