इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी (तस्वीर सहित)

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले विजयी यात्रालाई निरन्तरता दिएको छ । 

मंगलवार राति लिभरपुलले क्रिस्टल प्यालेसलाई उसैको घरेलु मैदानमा भएको खेलमा २-० गोल अन्तरले पराजित भएको हो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा लिभरपुलका लागि जेम्स मिल्नरले पेनाल्टीमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएको थियो ।

खेलको ७५ औं मिनेटमा एरोन वान विस्साका रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

खेल सकिनै लाग्दा लिभरपुलका लागि साडियो मानेले गोल गर्दै क्लबको जीत सुनिश्चित पारे ।  यसअघि भएको लिगको पहिलो खेलमा लिभरपुलले वेस्टह्यालाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

जितपछिै लिभरपुल दुई खेलबाट ६ अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लेको छ । यता, म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?