भोलि बकर इद: प्रदेश १ र २ मा सार्वजनिक बिदा

काठमाडौं । बकर इदको अवसरमा प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेको छ । बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?