‘कबड्डी ४’को प्रदर्शनमा सिक्किम सरकारको रोक

लोकपथ
7
Shares

काठमाडाैं । नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाएका छन् ।

१७ जुनदेखि सिक्किममा सबै हलमा कबड्डी ४ प्रदर्शनी गरिने निश्चित गरिएको थियो।

आज बिहान सिक्किममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किममा कबड्डी ४ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले दिएको जानकारी गराएका छन्।

मुख्यमन्त्री गोलेकाअनुसार सिक्किमेली जनता र यहाँका विभिन्न सङ्घ(संस्थाका भावनालाई ध्यानमा राख्दै राज्यमा कबड्डी ४ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले लिएको हो।

‘कबड्डी ४’ की नायिका मिरुना मङ्गर र र फुर्बा लामाबीचको विवाद स्वीकार्य ढङ्गमा समाधान नभएसम्म राज्यमा यस फिल्मको प्रदर्शनीमाथि रोक लगाइएको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।

‘विवाद स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किमका जनता र विभिन्न सङ्घ–संस्थाहरूका भावनालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किममा कबड्डी ४ को प्रदर्शनीमा रोक लगाउने निर्णय गरेको छ’, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?