‘युइएफए’ प्लेअर अफ दि इअर अवार्ड : उत्कृष्ट तीनमा परेनन् मेस्सी

जुरिज । युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युइएफए’ ले सार्वजनिक गरेको सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा लुका मोडरिच, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह परेका छन्।

त्यस्तै, बार्सिलोनाका कप्तान लिओनेल मेसी भने पाँचौ स्थानमा परेका छन् । ८० प्रशिक्षक र ५५ पत्रकारको प्यानलले रियल म्याड्रिडका मिडफिल्डर मोडरिच, रोनाल्डो र सलाह मनोनयनको अन्तिम ३ मा परेको हो । रसिया विश्वकपमा अर्जेन्टिना प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

रसिया विश्वकपमा मेस्सीले कप्तानी सम्हालेका थिए । मेस्सीले पछिल्लो केही सिजनयता खासै उत्कृष्ट प्रर्दशन गर्न सकेको छैन ।

‘युइएफए’ प्लेयर अफ दी इयर को उत्कृट तीनमा पर्दै आइरहेका मेस्सी यसपटक भने पाँचौ नम्बरमा परेका छन् । 

मेस्सीलाई  रोनाल्डोसँगै, लुका मोड्रीच र मोहमद सलाहले पछि पारेका हुन् । यसैगरी चौथो स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन रहेका छन् । 

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया 'इएसएम' खेल पत्रकारले गरेका हुन् ।

जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?