बलिउड अभिनेत्री सुजाताको निधन

एजेन्सी ।  बलिउड अभिनेत्री सुजाता कुमारको निधन भएको छ ।

फिल्म ‘इग्लिश विग्लिस’की यी अभिनेत्री लामो समयदेखि क्यान्सर रोजसँग जुध्दै आएकी थिइन् । उनको उपचारको क्रममै निधन भएको हो । उनी पछिल्लो चलचित्र ‘इग्लिश विग्लिस’ हो ।

निर्देशक शेखर कपुरको एक्स श्रीमती समेत रहेकी उनको निधनको खबर बहिनी सुचित्रा कृष्णामुर्तिले ट्वीटरबाट सार्वजनिक गरेकी हुन् । सुचित्रा अभिनेत्री र चर्चित गायिका पनि हुन् । 
फिल्म ‘इग्लिश विग्लिस’मा सुजाताले अभिनेत्री श्रीदेवीको बहिनीको भुमिका निर्बाह गरेकी थिइन् । चौथो स्टेजमा क्यान्सर पुगेको कारण सुजाताको शरिरको केही अंगले काम गर्न छोडिसकेको थियो ।

२०१२ मा उनले ‘इग्लिश विग्लिस’ रिलिजको समय आफ्नो क्यान्सर पुरै ठिक भएको बताएकी थिइन् । १९ अगष्ट २०१८ राती ११  बजेर २६ मिनेटमा सुजाताको निधन भएको उनको बहिनी सुचित्राको ट्वीटमा उल्लेख छ । 

‘इग्लिश विग्लिस’ पहिला आफ्नो साथमा कुनै राम्रो चलचित्र नआएको सुजाताले केही पहिले अन्तर्वाताको क्रममा बताएकी थिइन् । उनले ‘गोरी तेरे प्यार मे’ र ‘रांझना’मा पनि काम गरेकी थिइन् । चलचित्रको बाहेक उनले टिभी सिरियलमा पनि काम गरेकी छन् ।

सुजाताले स्टार वानको शो ‘होटल किंगस्टन’ र अनिल कपुरको शो ‘२४’मा पनि काम गरेकी थिइन् । उनी अभिनेत्रीको अलवा निकै राम्रो व्यक्ति समेत भएको  बलिउड मिडियाले उल्लेख गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?