एजेन्सी । भेनेजुयलामा केही समयदेखि अनियन्त्रित मुद्रास्फितीको अवस्था रहेको छ ।
यसलाई महामहंगी नाम दिइएको छ । यस विकराल महंगी नियन्त्रण गर्नको लागि त्यहाँको सरकारले जुन योजना अगाडि ल्याएको छ, त्यसले झन् अन्यौलता बढाएको छ । सरकारको योजनाले काम गर्नेमा प्रश्न उठेको छ ।
निकोलस मदुरोको सरकारले आफ्नो मुद्रा बोलिभारको नाम ‘सोभरेन बोलिभार’ बनाएको छ । यसको साथै उसले यसमा ९५% अवमूल्यन गरिदिएको छ । अन्तराष्ट्रिय मुद्रा कोषको अनुमानमा यो वर्ष मात्रै भेनेन्जुयलाको महंगीमा दश १० लाख प्रतिशतले वृद्धि भएको छ । अर्थशास्त्रीहरुले सरकारको नयाँ कदमले भेनेन्जुयलाको स्थिति झन् खराब हुने चेतावनी दिएका छन् ।
के हो सोमबारको सरकारी कदम ?
मदुरो सरकारले चालेको पछिल्लो कदमले देशहको मुद्रा बदलिनेछ । नोटको नाम बदलिएको छ भने आठ नयाँ नोटहरु पनि सार्वजनिक गरिएको छ । नयाँ नोटहरुमा २, ५, १०, २०, ५०, १००, २०० र ५०० का नोटहरु छन् ।
भेनेजुयला सेन्ट्रल बैंकका प्रमुख क्यालिक्स्टो ओर्टेगाले पुरानो नोटहरु तोकिएको समयसम्म प्रचलनमा रहने घोषणा गरेका छन् । उनका अनुसार एक हजारको नोटको प्रचलन मात्र हटाइएको हो ।
परिवर्तनले सामानको मूल्यमा के फरक पार्नेछ ?
भेनेजुयलामा परेको महामहंगीको चपेटाले हरेक २६ दिनमा सामानको भाउ दुई गुणा भइरहेको छ । केही अर्थशास्त्रीहरु दूध हालेको एक कपलाई कफीलाई महंगीको मापन गर्न प्रयोग गर्छन् ।
३१ जुलाईमा राजधानी काराकसको क्याफे हाउसमा एक कप कफीको मूल्य २५ लाख बोलिभार थियो । पाँच हप्ता पहिलेको तुलनामा यो दर दोब्बर हो । अब ९५% अवमूल्यन गराएर ल्याइएको ‘सोभरेन बोलिभार’मा भने एक कप कफी २५ ‘सोभरेन बोलिभार’मा आउँछ ।
यसले के सजिलो पार्छ ?
केही समयको लागि यसले नगद कारोबारलाई सजिलो पार्नेछ । हाल मानिहरुलाई एक कप कफीको लागि नोटहरुको एक मोटो बिटा बोकेर बजार जानुपर्छ ।
भेनेजुयलाको पूरानो मुद्रामा सबैभन्दा ठूलो नोट एक लाख बोलिभार थियो ।
भेनेजुयलामा महंगीको कारणले ठूला नोटहरुको माग बढेको छ । तर त्यहाँको बैंकले आफ्ना सबै ग्राहकहरुलाई तिनको खाताबाट पैसा निकाल्नको लागि सीमा तोकेको छ ।
यस्तोमा यहाँका नागरिकहरुले बजार जादाँ सानो नोटको ठूलो सङ्ख्या बोक्नुपथ्र्यो । अन्यथा अनलाईन मुक्तानी गर्नुपथ्र्यो । यही कारण हाल भेनेन्जुयलामा टिप्स पनि अनलाईनबाट भुक्तानी गरिन्छ ।
के नयाँ मुद्राले मंहगी रोकिनेछ ?
सरकारको विश्वासमा नयाँ चालिएका रणनीतिहरुले महंगीलाई मात्र नियन्त्रण गर्ने होइन कि ‘आर्थिक युद्ध’को सामना गर्न पनि सहयोग गर्नेछ ।
भेनेन्जुयली सरकारले ‘साम्राज्यवादी शक्ति’हरुले उ विरुद्ध आर्थिक युद्ध सुरु गरेको बताउदै आएको छ ।
एक सेप्टेम्बरबाट न्युनतम पारिश्रमिकमा ३४ गुणाले बृद्धी हुनेछ । नयाँ बोलिभार नोटलाई सरकारले तेलको लागि जारी गरिएको भर्चुअल मुद्रा पेट्रोको हिसाबबाट हेरिरहेको छ ।
राष्ट्रपति मदुरोले ट्वीट गर्दै सरकारले ‘नवउदार पूँजीवाद’को उदेश्य नकाम बनाईदिने बताएका छन् । उनले ट्वीट गर्दै नयाँ परिवर्तनले देशको आर्थिक व्यवस्थामै सम्पूर्ण रुपमा सकारात्मक असर पार्ने लेखेका छन् ।
तथापी अर्थशास्त्रीहरुले यो तरिकाले महंगीको मुल जरालाई समाधान गर्न नसक्ने बताएका छन् । उनहरुको भनाईमा नयाँ नोटको छपाईले महंगीलाई लामो समयसम्म नियन्त्रणमा राख्न सक्दैन । केहीले यसले अवस्था झनै खराब हुने बताएका छन् ।
अर्थशास्त्रीहरुको भनाईमा न्यूनतम ज्यालामा वृद्धी गरेपछि महंगी झनै बढी हुनेछ । केही विश्लेषकहरुको विश्वासमा नयाँ मुद्राको लाभ महामहंगीको कारणले एक महिनामा निस्प्रभावी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया