‘एएफसी’ यू–१६ को खेल तालिकामा हेरफेर, पहिलो खेलमा नेपाल र फिलिपिन्स आमने-सामने हुने

काठमाडौं । सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने ‘एएफसी’ यू–१६ महिला प्रतियोगिताको छनोट खेल तालिकामा हेरफेर भएको छ । 

समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ ‘एएफसी’ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।

हेरफेर गरिएको नयाँ खेल तालिका अन्तर्गत नेपालले पहिलो खेलमा फिलिपिन्सको सामना गर्नेछ ।

त्यस्तै, नेपालले २१ सेप्टेम्बरमा म्यानमारसँग तथा २३ सेप्टेम्वरमा मलेसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । यसअघि नेपालले सिरियासँग १५ सेप्टेम्वरमा खेल्ने तालिका थियो ।

हल्चोकस्थित एपीएफको मैदानमा हुने छनोट खेल १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?