जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार अमृतभोग, कालिकास्थानमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आर्थिक बर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।

त्यस्तै, लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

आर्थिक बर्ष २०७८–०७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । उक्त साधारणसभाको सु-अवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआईसी नेपाल नामक एप संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?