१८ औँ ‘एशियाड’: थ्री अन थ्री बास्केटबलमा नेपाल पराजित

जार्काता । इन्डोनेशियामा भइरहेको १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुषको थ्री अन थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ । 

गेलोरा बुङ कार्नोस्थित बास्केटबल कोर्टमा मंगलवार भएको समूह ‘सी’को खेलमा नेपाल जापानसँग २२-११ स्कोरले पराजित भएको छ । नेपाली टिममा आशिष बस्नेत, मबिन्द्र भण्डारी, अजय कुशवाह र निश्चल महर्जन थिए । 

नेपाल रहेको समूहमा जापान, जोर्डन, कतार, सिरिया र माल्दिभ्स रहेको छ । नेपालले जारी प्रतियोगितामा एक खेलमा जीत र एकमा हार बेहोरेको  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?