१८ औँ ‘एशियाड’: भारत्तोलनमा सन्जुले बनाइन् तीन नयाँ राष्ट्रिय कीर्तिमान

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत भारोत्तोलनमा नेपालीका सन्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

उनले मंगलवार भएको खेलमा तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

गत जेष्ठमा नेपालगन्जमा भएको ‘एशियाड’ छनोटमा बनाएको आफ्नै नामको सो कीर्तिमान मंगलवार तोडेकी हुन् । उनले स्न्याचमा ७२ केजी तौल उठाउँदै नयाँ कीर्तिमान कायम गरेकी हुन् । त्यस्तै,  क्लिन एण्ड जर्कमा ८६ केजी तौल भार बहन गर्दै अर्को नयाँ कीर्तिमान कायम गर्न सफल भइन् ।

स्न्याच र क्लिन एण्ड जर्कमा कुल १ सय ५८ केजी तौल उठाउँदै तीन नयाँ कीर्तिमान बनाएकी हुन् । 

यसअघि सन्जुले  स्न्याचमा ७१ केजी, क्लिन एन्ड जर्कमा ८५ गरी कुल १ सय ५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

यता, यो स्पर्धामा भने उनी अन्तिम स्थानमा रहिन् । कुल २ सय ७ केजी भार बहन गरेकी फिलिपिन्सकी डियाज हिडिलेनले स्वर्ण पदक जितिन् ।

१ सय ६ केजी भार बहन गरेकी तुर्कमिनिस्तानकी क्रिस्टिना शेर्मेटोभाले रजत तथा २ सय १ केजी तौल उठाएकी  थाइल्यान्डकी खाम्वाओ सुरोधचनाले कास्य पदक हात पारिन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?