काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेसनल’को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भइसकेको छ ।
बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनोट भएका छन् । अडिसनमा एक सयभन्दा बढी बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगीताको अर्को अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार र अभिनेत्री संञ्चिता लुइटेल अडिसनको निर्णायक थिए । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयका बालबालिकाको सहभागिता रहने प्रतियोगिताको दोस्रो अडिसनपछि छानिएका सबै प्रतियोगी बिभिन्न प्रशिक्षणमा जुट्नेछन् । सो क्रममा उनीहरुलाई बिभिन्न बिधामा अन्तराष्ट्रिय मापदण्डअनुसार अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गरिनेछ ।
अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको कोरियोग्राफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोेगीका ड्रेस डिजाइन तयार गर्नेछिन् । प्रतियोगीतामा शीर्षसहित दर्जन बढी उप–विजेता छानिने छन् । विजेताहरुले उपाधिका साथमा बिभिन्न गिफ्टसमेत प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया