भारतमा दुर्लभ ब्लड ग्रुप भएका मानिस भेटिए

भारतको एक  अस्पतालको ब्लड बैंक समूहले पहिलोपटक दुर्लभ पी–फेनोटाइप ब्लड ग्रुपको पहिचान गरेको दाबी गरेको छ ।  यसलाई पी–नल फेनोटाइपको नामले पनि चिनिन्छ ।
 जालान्धरस्थित पटेल अस्पतालले करिब तीन हप्ता पहिले दक्षिण भारतको कर्नाटकको मणिपालस्थित कस्तूरबा मेडिकल कलेज भारतमा लो दुर्लभ ब्लड ग्रुप भएको विरामी पहिचान गरिएको थियो ।   यो ब्लड ग्रुप भएका बिरामीलाई रगतको आवश्यकता भएमा यही ग्रुप भएको मानिसको रगत दिनुपर्छ । तर यो ब्लड ग्रुप भएको रगत विरलै पाइने भएकाले बिरामीलाई निक्कै अफ्ठ्यारो पर्नसक्छ ।

पटेल अस्पतालका निर्देशक डा एसके शर्माले बताएअनुसार उनको अस्पतालका ब्लड बैंक हेर्ने डा निशान्त सैनीलाई एक क्यान्सर रोगीको लागि रगतको माग भएको थियो । त्यसका लागि बिरामीको परिवारका सदस्यसहित ४० मानिसहरुको रगतसँग विरामीको रगत जाँच गरियो तर कसैको रगत मिलेन ।

ब्लड बैंकले इम्यूनो–हीमेटोलजिकल वर्कअप गर्दा रातो रक्त कोषिको विरुद्ध प्राकृतिक रुपबाट एल्लो–एन्टीबडीको शंका भयो । शर्माका अनुसार त्यसपछि रगतको नमुनालाई मुल्याङ्कनको लागि अन्तराष्ट्रिय ब्लड ग्रुप रिफरेन्स ल्यावोरेटरी, बेलायत पठाइयो । त्यहाँ रगतमा दुर्लभ पी–फेनोटाइप र एन्टी पीपी–१ पीके एन्टीबडी भएको पुष्टि भयो ।

पी–फेनोटाइपमा पी, पी–१ र पीके एन्टीजन्सको अनुपस्थिति हुन जरुरी हुन्छ । यो ए४ जीएलटी जीनमा हुने परिवर्तनको कारणले बन्छ । पी–फेनोटाइप ब्लड ग्रुप भएका व्यक्तिहरुमा एन्टी पीपी–१ पीके एन्टीबडी हुन्छ । यो शक्तिशाली हीमोलिसिन पनि हो । यसले रातो रक्तकोषलाई नष्ट गरिदिन्छ । यसकारण यदि कुनै विरामीलाई गलत रगत चढाइएमा हानिकारक प्रतिक्रिया शुरु हुनसक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?