यस्तो छ अाजको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दरअनुसार नेपालमा विदेशी मुद्राहरूको सटही दर स्थिर देखिएको छ । मंगलबार तोकिएको विनिमयदर र बुधबार तोकिएको विनिमयदरमा खासै अन्तर देखिएको छैन । 

साउदी रियालको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ पैसा कायम गरिएको छ । 
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ २ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ३८ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?