दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा शक्तिशाली भूकम्प

काठमाडाैं : चरम अार्थिक समस्यामा फसिरहेको दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा शक्तिशाली भूकम्प गएको छ ।

राजधानी कराकसभन्दा निकै दुरीमा रहेको गुर्इरिया शहरलार्इ केन्द्रबिन्दु बनाएर भूकम्प गएको सरकारी अधिकारीहरूले बताएका छन् । 

भूकम्पले थुप्रै भाैतिक संरचनामा क्षति पु-याएपनि भाैतिक र मानवीय क्षतिको एकीन विवरण अार्इसकेको छैन । 

पुन : पराकम्प अाउन सक्ने भन्दै राजधानी कराकसका घरहरू खाली गरार्इएको छ । 

कम्तिमा ७.३ रेक्टरस्केलको भूकम्प मापन गरिएको अमेरिकन भाैगोलिक सर्वेक्षण केन्द्रले जनाएको छ । 

भेनेजुयलामा गएको भूकम्पको धक्का जमैका र फिजी लगायत क्यारेबियन मुलुकमा समेत महशुस भएको ती मुलुकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?