एक्काइसौं शताब्दीमा सर्वाधिक पढिएको समाचार

एजेन्सी : एक्काइसौं शताब्दीमा विश्वभर सबैभन्दा पढिएको समाचार ‘चीनको उदय’ हो ।

यो समाचारले सेप्टेम्बार११को आतंकवादी आक्रमण, इराक युद्ध, बराक ओबामा र बेलायतको शाही परिवारको बिहेजस्ता समाचारहरू भन्दा बढी चीनको उदयसम्बन्धी साचार पढिएको हो ।

विश्वका ५० हजार भन्दा बढी सञ्चार स्रोतको अध्ययन गर्ने समाचार अनुगमनकर्ता द ग्लोब्ल ल्यांगविज मनिटरले यस्तो जनाएको छ ।

यो तथ्यलाई हार्वर्ड केनेडी स्कूलको बेल्फर विज्ञान तथा अन्तर्राष्ट्रिय मामिला केन्द्रको अन्तराष्ट्रिय सुरक्षा कार्यक्रमका अध्येता माइकल बेकलीले ‘चाइनाज सेन्चुरी?’ शीर्षको  आफ्नो शोधपत्रमा उल्लेख गरेका छन् ।

यो समाचार लोकप्रिय हुने कारण मध्येको एक अमेरिकाको पतन हुने विषय हुन सक्ने देखिन्छ ।

चीनको आर्थिक बृद्धि वार्षिक ९ प्रतिशत रहेका बेला इराक र अफगानिस्तानको महँगो युद्धका कारण अमेरिका आर्थिक मन्दीमा फसेको मात्र नभई विशाल बजेट घाटाको चापमा छ ।

यसले अमेरिका र चीनको विदेश नीति बहसमा दुईटा विषयलाई अगाडि बढाएको छ ।

पहिलो चीनको तुलनामा अमेरिका पतन भइरहेको छ ।

दोस्रो राष्ट्रिय अर्थतन्त्रहरूको अखण्डता र विकसितबाट विकासशील देशहरूमा प्रविधिको प्रसारका परिणामबाट उत्पन्न भूमण्डलीकरण र भूमण्डलीकरणलाई व्यवस्थित गर्ने अमेरिकाको वर्चस्ववादी भारमा हुने ह्रासजस्ता विषय बहसमा हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?