भारतलाई चीन विरोधी खेमामा तान्न खोज्दै अमेरिका

एजेन्सी : चीनको महत्वाकांक्षी अन्तर्राष्ट्रिय पूर्वाधार बृहत परियोजना द बेल्ट एन्ड रोड इन्सिएटिभ अफ चाइनामा संलग्न नभएको भारतलाई अमेरिकाले आफू नेतृत्वको पूर्वाधार परियोजनामा सामेल गराउने प्रयास गरिरहेको छ । 

यो साताको शुरूमा भारतले अमेरिका , जापान र अस्ट्रेलियाद्वारा संयुक्तरूपमा अगाडि बढाइएको पूर्वाधार परियोजनाबाट भारतले आफूलाई बाहिर राख्यो ।

हिन्द प्रशान्त क्षेत्रमा पूर्वाधार विकासका लागि जापान अस्ट्रेलिया र अमेरिकाले त्रिपक्षीय साझेदारीमा ३० जुलाईमा सार्वजनिक ग-यो ।

यो त्रिपक्षीय पूर्वाधार परियोजना चीनको बीआरआईलाई टक्कर दिने उद्देश्यले अगाडि बढाइएको देखिएको छ ।

यो त्रिपक्षीय परियोजनामा सामेल भइ चीनसँग बिग्रेको सम्बन्ध थप बिगार्ने नखोजेको भारतको उद्देश्य रहेको देखिन्छ ।

डोक्लाममा केही समय अघि भारत र चीनका सेना आमने सामने रहँदा भारतको सम्बन्ध चीनसँग केही चिसिन पुगेको थियो ।

त्यो सम्बन्ध सुधार गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अनौपारिक शिखर वार्ताको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिनसाग भेटेर अप्रिलमा तनाव कम गर्ने प्रयास गरेका थिए ।

सन् २०१७को नोभेम्बरमा भारत जापान, अस्ट्रेलिया र अमेरिकासँग हिन्द प्रशानत क्षेत्रको यो समूहमा बस्ने छलफलमा भाग लिएको थियो । त्यसपछि भारत डिसेम्बरमा अमेरिका, जापान र अस्ट्रेलियासँग छलफल ग-यो ।

यो पूर्वाधार समूहका लागि अमेरिकाले छुट्टै ११ करोड ३० अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो समूहले डिजिटल अर्थतन्त्र, ऊर्जा र पूर्वाधार विकास परियोजनामा लगानी लगाउनेछ ।

अहिलेसम्म भारत यो समूहमा सामेल भएको छ्रन् । तर अमेरिकाले भारतलाई तान्ने प्रयास गरिरहेको छ

। अमेरिकाले सेप्टेम्बर ६मा अमेरिकासँग टु प्लस टुको पहिलो संवादका लागि भारतका विदेश मन्त्री सुष्मा स्वराज र रक्षा मन्त्री निर्मला सीतारामनले संयुक्तरूपमा आफ्ना समकक्षी माइक पोम्पेओ र जीम म्याटिसका लागि संवाद कार्यक्रमको आयोजना गरिरहेकी छिन् ।

यो संवादमा भारतलाई यो समूहमा ल्याउने प्रयास हुन सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?