बैंक/वित्तीय संस्थाबाट २४ खर्ब रूपैयाँ ऋण प्रवाह

काठमाडाैं : नेपालका बैंक तथा वित्तीय संस्थाले २४ खर्ब रूपैयाँ ऋण प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार यी वित्तीय संस्थाले निजी क्षेत्रलार्इ अाकार कुल गार्हस्थ उत्पादन (जीडिपी) को ७९.८% हाराहारीमा ऋण दिएका हुन् । 

अंकका अाधारमा वित्तीय संस्थाले प्रवाह गरेको ऋण भन्दा निक्षेप संकलन बढि छ । हाल बैंक तथा वित्तीय संस्थामा जीडिपीको ९१.२% निक्षेप संकलन भएको छ ।

अहिले यी संस्थाहरूमा २७ खर्ब ४२ अर्ब रूपैयाँ निक्षेप संकलन रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

कर्जा भन्दा निक्षेप बढि देखिएपनि बृद्दिदर भने कर्जा प्रवाहकै बढि छ । अहिले कर्जा प्रवाह २२.५% ले बढेको छ भने निक्षेप संकलन १९.२% ले मात्र बृद्दि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?