बकर इदले एकता र सहकार्यको वातावरणलाई अझ मजबुद बनाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रि एकता र सहकार्यबाट मात्रै समृद्ध नेपालको सम्भव हुने बताएका छन् । 

नेपाल बहुसंस्कृति, जातजाति, भेषभूषा र परम्पराको विविधताले भरिएको भन्दै प्रधानमन्त्री ओलीले भने बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुद बनाउन विश्वास व्यक्त गरे ।

बकर–इद इस्लामका पाँच आधार स्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको छ । 

बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज (तीर्थाटन) गर्ने प्रचलन रहेको छ । एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?