काठमाडाैं : काठमाडाैंले महानगरपालिकाले न्यूरोडमा स्वचालित बहुतल्ले पार्किङको निर्माण र सञ्चालन जिम्मा नीजि क्षेत्रलार्इ दिन लागेको छ ।
पार्किङ निर्माणका लागि महानगरले एक साताभित्रै बोलपत्र अाव्हान गर्ने जनाएको हो । सार्वजनिक-निजी-साझेदारी (पीपीपी) लगानी मोडेलमा प्रस्तावित अटोमेटेड भर्टिकल पार्किङ निर्माण गर्न स्थानीय सरकारले प्रकृया अघि बढाएको छ ।
अहिले नेपालकै सवैभन्दा व्यस्त व्यापारिक क्षेत्र मानिने न्युरोडमा सवारी व्यवस्थापन निकै चुनाैतपूर्ण बन्दै गएको छ । अन्य देशका ठूला शहरमा स्थान अभावका कारण बहुतल्ले पार्किङ निर्माण गरिन्छ ।
नेपालमा पनि सरकारले पहिलोपटक प्राविधिक र अार्थिक प्रस्ताव मूल्यांकन गरि निजी क्षेत्रलार्इ बहुतल्ले पार्किङ निर्माण गर्न दिन लागेको हो । यसका लागि महानगर अाफैंले डिजार्इन तयार गरेको छ । निजी कम्पनीले अझै राम्रो डिजार्इन प्रश्तुत गरे सोही डिजार्इनमा सो कम्पनीलार्इ पार्किङ बनाउन दिने योजना महानगरको छ।
पार्किङ निर्माण गर्ने कम्पनीले नै त्यसलार्इ सञ्चालन गरि लगानी र प्रतिफल उठाउने एवं निश्चित समयपछि महानगरपालिकालार्इ हस्तारन्तरण गर्नेछ । हाललार्इ ५ तल्लाको पार्किङ भवन बनाउने महानगरको योजना छ ।
प्रस्तावित बहुतल्ले पार्किङ भवनमा न्यूनतम ५ सय वटा सवारीसाधन पार्किङ गराउने महानगरले जानकारी दिएको छ । डिजार्इन टुंगो नलागेकाले पार्किङ हुने सवारी साधनको संख्या र लागत भने खुलिसकेको छैन ।
पार्किङ भवन निर्माणका लागि अहिले ३ वटा कम्पनीले चासो दिएको महानगरका अधिकारीहरूले जानकारी दिएका छन् ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
क्षमताका धनी राजेन्द्र पाण्डे : मुख्यमन्त्रीदेखि मनमोहनको सम्बन्धनमा यसरी ठगिए (भिडियो वार्ता )
धादिङको विकास निर्माणमा अहोरात्र खट्नुभयो । तर तपाईंलाई प्रतिनिधि सभाको सदस्यमै मात्र सिमित गराइयो । यस...
साउन ५, २०७५ | शनिबाररसुवागढी नाकामा अर्बौंको सामान रोकियो
रसुवा : वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका त...
भदौ ४, २०७५ | सोमबारअान्तरिक राजस्व कार्यालय भरतपुरमा २२ अर्ब राजश्व संकलन
चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन...
साउन ८, २०७५ | मंगलबारनुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय
काठमाडौँ : रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक ...
जेठ १०, २०७५ | बिहिबारप्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु
काठमाडौँ । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्...
बैशाख ३१, २०७५ | सोमबार