कर्जा प्रवाहमा वित्तीय संस्थाको लापरवाही, ऋण नतिर्नेको संख्या बढ्यो

काठमाडाैं : बैंक तथा वित्तीय संस्थाले जथाभावी ऋण प्रवाह गर्दा तोकिएको समयमा ऋण नतिर्ने ऋणीको संख्या बढेको छ । 

ऋण नतिरेपछि बैंकले कालोसूचीमा राखेका ऋणीको संख्या गत अार्थिक बर्षमा ९ सय ९४ ले बढेको छ । 

अघिल्लो अार्थिक बर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्नेको संख्या ५ हजार २ सय ४७ जना रहेकोमा गत अार्थिक बर्षमा ६ हजार २ सय ४१ जना पुगेको छ । 

तथ्यांक विश्लेषण गर्दा एक बर्षमै १८.९४% कालोसूचीका ऋणी बढेको देखिएको छ । 

हाल नेपालमा १० लाख रूपैयाँभन्दा बढि ऋण लिएर नतिर्ने ऋणीलार्इ कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । 

बैंकका अधिकारीहरूले ऋण व्यवस्थापनमा ध्यान नदिएको र कर्जा प्रवाहमा सतर्कता नअपनाएकाले खराब ऋणीको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ । 

अब अार्इन्दा, ऋण प्रवाहमाा ध्यान दिन केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलार्इ सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?