इंग्ल्यान्ड। भारत इंग्ल्याण्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा जीत नजिक पुगेको छ ।
यसअघि भएको दुई टेस्ट गुमाएको भारतले तेस्रो टेस्टको चौंथो दिनको खेल सकिदा घरेलु टोली इंग्ल्याण्डलाई दवावमा राख्दै जीत नजिक पुगेको हो ।
चौथो दिनको खेलको समाप्तिमा इंग्ल्याण्डले ९ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको छ । अब भारतले एक विकेट लिन सके इंग्ल्याण्डविरुद्धको श्रृंखलामा पहिलो जीत हात पार्नेछ ।
भारतका लागि जसप्रित बुमराहले उत्कृष्ट प्रर्दशन गरेका थिए । त्यस्तै, बुमराहले ८५ रन दिएर ५ विकेट लिइसकेका छन् । आदिल राशिद ३० र जेम्स एन्डरसन ८ रन बनाएर क्रिजमा छन् । यसअघि जस बटलर १ सय ६ र बेन स्टोकले ६२ रन जोडेका थिए ।
बटलर र स्टोकले पाँचौ विकेटका लागि १ सय ६९ रनको साझेदारी गरेका थिए । इंग्ल्याण्डका एलेस्टर कुकले १७, ओलिइ पोपीले १६ तथा जोए रुट र किटन जेनिङस्ले समान १३-१३ रन बनाए । इशान्त शर्माले दुई तथा मोहम्मद सामी र हार्दिक पाण्डेयले समान १-१ विकेट लिन सफल भए ।
पहिलो इनिङ्समा इंग्ल्याण्डले १ सय ६१ रन मात्र बनाएको थियो । त्यसअघि दोस्रो इनिङ्समा भारतीय कप्तान विराट कोहलीको शतकीय योगदानको मद्दतमा भारतले ३ सय ५२ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया