रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्काशन गर्ने

लोकपथ
77
Shares

रसुवा । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आईपियो निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपियो बिक्री गर्न लागेको हो ।

जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म सेयर निष्काशन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्काशनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो ।

रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्काशन गर्ने तयारी गरेको थियो ।

कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निमाण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्काशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?