नेपालले आर्मी स्पोर्ट्स क्लब समक्ष एक सय पन्ध्र रनको लक्ष्य प्रस्तुत

श्रीलंका । एसिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपालले श्रीलंकाको आर्मी स्पोर्ट्स क्लब १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रनको योगफल तयार पारेको हो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८९ रन बनाएपनि अन्य खेलाडीले  पनि खासै राम्रो प्रर्दशन गर्न सकेनन् । ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले १२ रन बनाए । त्यस्तै, यसैपटक मात्र राष्ट्रिय टिममा कमब्याक गरेका विनोद भण्डारीले १६ रन मात्र जोडे  । ९० रन बनाउदा ७ विकेट गमाएको नेपालका खेलाडीबीच खासै राम्रो साझेदारी हुन सकेको थिएन ।

बुधवारको अभ्यास खेलमा नेपालका कप्तान पारस खड्का, सागर पुन र करण केसी अनुपस्थित थिए । बुधवारको अभ्यास खेलको कप्तानी ज्ञानेन्द्रले सम्हालेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?