१८ औँ ‘एशियाड’: नेपालको लन टेनिस यात्रा सकियो

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औं ‘एशियाड’ अन्तर्गत  लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल पराजित भएको छ ।

जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा मायांका राणा र माहिका राणाको जोडी जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित भएकी हुन् ।

राणा दिदीबहिनीको जोडीलाई जापानका उचिजिमा र हायासीको जोडीले सहजै पराजित गरेकी थिइन् । 

नेपालले अन्तिम ३२ खेलमा भुटानलाई पराजित गर्दै प्रि—क्वाटरफाइनलमा पुगेको थियो । यससँगै नेपालको लन टेनिस ‘एशियाड’मा यात्रा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?