इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट भारतले जित्यो

इंग्ल्याण्ड । भारत र इंग्ल्याण्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इंग्ल्याण्डलाई २ सय३ रनले पराजित गरेको छ । 

जितका लागि ५ सय २१ रनको विशाल लक्ष्य पाएको इंग्ल्याण्डको टोली दोस्रो इनिङमा ३ सय १७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए । त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट लिएका थिए । 

पहिलो इनिङमा भारतले ३ सय २९ रन बनाएको थियो भने इंग्ल्याण्डले केबल १ सय ६१ रनमात्र बनाएको थियो । दोस्रो इनिङमा भारतले ७ विकेटको क्षतिमा ३ सय ५२ रन बनाई इनिङ समाप्तिको घोषणा गरेको थियो । 

भारतका तर्फबाट कप्तान बिराट कोहलीले पहिलो इनिङमा ९७ रन र दोस्रो इनिङमा १सय ३ रन बनाएका थिए । इंग्ल्याण्डका तर्फबाट दोस्रो इनिङमा जस बट्लरले १सय ६ रनको महत्वपूर्ण योगदान गरेका थिए । 

पाँच म्याचको यस श्रृंखलामा इंग्ल्याण्डले २ र भारतले १ खेल जितेका छन् । अरु दुई खेल साउथाम्टन र लन्डनमा खेलिनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?