१८ औँ ‘एशियाड’: कमलले बनाए नयाँ तीन राष्ट्रिय कीर्तिमान

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ ‘एशियाड’ अन्तर्गत भारत्तोलनका कमल बहादुर अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

जि एक्पो हलमा बुधवार भएको पुरुषको ६९ केजी तौल समुहमा नेपालका  कमलले स्न्याचमा १ सय१९ र क्लिन एन्ड जर्कमा १ सय ६० केजी तौल उठाउँदै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 

वि.स २०७१ सालमा ललितपुरमा भएको ग्रान्ड पिमा उनले १ सय १८ केजी तौल भार वहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

त्यस्तै, क्लिन एन्ड जर्कमा कमलले सन २००८ को बेइजिङ ओलम्पिकमा १ सय ५५ केजीको किर्तिमान भंग गर्दै १ सय ६० केजी तौल उठाएका थिए । ४२ वर्षीय कमलले कुल २ सय ७९ केजी तौल उठाउँदै तीन राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

 ‘साग’ स्वर्ण पदकधारी विजेता कमलसँगै सन्जु चौधरीले पनि तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । ‘एशियाड’मा नेपालका ४ खेलाडी सहभागी थिए ।

भोली ‘बिहीवार’ विकास थापाले ७७ केजी तौलमामा तथा आगामी आइतवार तारादेबी पुनले ७५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?