जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ ‘एशियाड’मा अन्तर्गत पुरुष कबड्डीमा नेपाल विजयी भएको छ ।
बुधवार भएको समूह ‘बी’ अन्तर्गतको चांैथो खेलमा नेपालले मलेसियालाई २९-१७ अंकले पराजित गरेको हो । शुरुवाती समयमा कडा टक्कर दिएको मलेसिया अन्ततः नेपालसामु निरिह साबित भयो ।
यस अघि भएको पहिलो खेलमा भने नेपाल इरानसँग ७५-२१ स्कोरले पराजित भएको थियो ।
त्यस्तै, इन्डोनेशियासँग नेपाल ३३-२९ अंकले तथा जापानले ३१-२८ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया